Notic
प्रस्तुत सम्बन्धमा मालिका विकास संघ (MDO-Nepal) नेपालबाट खरीद गरिने देहाय बमोजिमका मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा उपलब्ध गराउनका लागी यस संस्थमा सूचीकृत हुन चाहने व्यक्ति, संस्था, आपुर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता र सेवा प्रदायकहरुले यो सूचना प्रकाशित तथा प्रशारण भएकोमितिले १५ (पन्ध्र) दिन भित्र कार्यालयमा कार्यालय समय भित्र फर्म दर्ता प्रमाण पत्र, फर्म नवीकरण प्रमाण पत्र, स्थायी लेखा नं. र मुल्य अभिवृद्धी कर दर्ता प्रमाण पत्र, आ.व. २०७७÷०७८ सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न राखी आफुले गर्न चाहेको कारोबारको व्यहोरा स्पष्ट खुल्ने गरी सूची दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगेका वा म्याद नाघी प्राप्त भएका आवेदन उपर कुनै कार्वाही गरिने छैन । पेश हुने निवेदनमा सम्पर्क नं. (फोन नं., मोवाइल नं. सम्भव भएमा इमेल आईडि) संलग्न हुनु पर्ने छ । 
तपशिल
१. स्टेशनरी सामाग्रीहरु तथा कार्यालय सञ्चालन सम्बन्धि मालसमानहरु आपुर्ति सम्बन्धि कार्यहरु । 
२. तालिम, सभा, गोष्ठी र सेमिनार गर्न आवश्यक हल, कोठा, खाना र खाजाका लागी होटल ।
३. अछाम जिल्लाका पक्की तथा कच्ची सडकहरुमा र जिल्ला बाहिरका लागि गाडी (साधाारण जीप र स्कार्पियो) ।
४. विभिन्न सामाग्रीहरु ढवानी गर्नका लागि ट्याक्टर र ट्रक ।
५. विभिन्न जातका फलफूलका बोटविरुवा, तरकारी बीउविजन र मलखाद सप्लाई ।
६. विजुली मर्मत तथा सोको सामानहरु सप्लालयर्स ।
७. निर्माण तथा मर्मत कार्य । 
८. फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु सप्लाई तथा मर्मत सम्बन्धि कार्यहरु ।
९. विभिन्न खालका औषधी तथा सर्जिकल र स्वास्थ्य सामाग्री सप्लाई ।
१०. कम्प्युटर, स्क्यानर, प्रोजेक्टर, प्रिण्टर, फोटोकपी मेशिन, टेलीफोने सेट राउटर, टोनर, ड्रम, कार्टेज सप्लायर्स तथा मर्मत सम्बन्धि कार्यहरु ।
११. सवारी साधन सप्लार्य, मर्मत सम्भार र तिनका पार्टपुर्जा सप्पलायर्स गर्ने कार्यहरु ।
१२. इन्धन (डिजेल,,पेट्रोल, मोविल, एलपिजी ग्यास आदि) आपुर्ति सम्बन्धि कार्य । 
१३. आर्टस तथा छापा (फलेक्स प्रिण्ट, व्यानर तथा साइनबोर्ड, स्क्रिन प्रिण्ट आदि) कार्यहरु ।
१४. सूचना, विज्ञापन र विभिन्न प्रतिवेन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्यहरु ।
१५. किराना सामाग्री सप्लायर्स तथा आपुतिकर्ता ।
१६. फेन्सी तथा तयारी पोशाक आपुर्तिकर्ता तथा सप्लायर्स ।
१७. विभिन्न किसिमका परापर्श सेवा तथा अध्ययन अनुसन्धान सम्बन्धि कार्यहरु ।
१८. हार्डवेयर सामाग्रीहरु स्पलायर्स (विभिन्न किसिमका भाडाकुडा र अन्य सामाग्री) । 
केशरबहादुर रावल
कोषाध्यक्ष
मालिका विकास संघ नेपाल