गाउको कोदो शहरमा

गाउको कोदो शहरमा

open data

प्रस्तुतकर्ताः लक्ष्मी भक्त जोशी  परियोजना संयोजक 
मंगलसेन, अछाम ४ मार्च, २०२१
चौरपाटी गाउपालिकाको पहलमा पालिकाका ७ वटै वडा कृषकले उत्पादन गरेको कोदो र दलहन सदूर पश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा  पुगेको छ ।  मालिका विकास संघ नेपालद्वारा डिसिए नेपालको साझेदारीमा सन्चालित साकार परियोजना र चौरपाटी गाउपालिकाको संयुक्त प्रयासमा सन् २०२० मा कोभिड १९ का कारण रोजगारी गुमाई घर फर्केका आप्रवासीहरुलाई उनीहरुको आय आर्जन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले एकल र  सामुहिक रुपमा गाउमा रहेका हैसियत बिग्रेका बांझा जमिनहरुमा कोदो र दलहन बाली खेती गर्न  लगाईको थियो । चौपाटी गाउ पालिकाका ७ वटै वडाका २२० आप्रवासी परिवारहरुले एकल र सामुहिक रुपमा कोदो र दलहन बाली खेती गरेका थिए । मालिका विकास संघले सानो स्केलमा बीउ र जमिन तयारी बापत सहयोग र प्राविधिक सहयोग प्रदान गरेको थियो भने पालिकाले उक्त २२० पविारलाई हैशियत बिग्रको जमिन तयारी गरेबापत प्रति कृषक ५५ के. जी. चामल प्रदान गर्ने सहमती गरेको थियो । गत वर्ष वर्षा र मौसम प्रतिकुल अवस्थामा रहे पनि कोदो र दलहन बालीको उत्पादन ठिकै रहेको जानकारी खेतीमा संलग्न परिवारहरुले मालिका विकास संघलाई दिएका छन् । चौरपाटी गाउपालिकाले शुरुमा कृषकले उत्पादन गरेको जतिपनि कादो र दलहन बालीको बजार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो । यसकालागि चौरपाटी गाउपालिकाले पालिकाका कर्मचारी परिचालन गरी ३ वटा स्थानमा अस्थायी रुपमा संकलन डिपो स्थापना गरेको थियो । जसका परिणाम हाल चौरपाटी स्वरुप २०० क्वीन्टल भन्दा बढी कोदो र दलहन बाली संलन हुन गई पालिकाले उक्त कृषि उपज सदूर पश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पुर्याउन सफल भएको छ । आप्रवासी परिवारका अलावा अन्य परिवारले उत्पादन गरेको थप कृषि उपज पनि संकलन गरी स्थानीय बजार र बाह्य बजारमा पठाउने योजना पालिकाको रहेको छ । हाल यस क्षेत्रमा रहेका बिद्यालय र बजारहरुमा दिवाखाजाको रुपमा प्रयोग गरिने फास्ट फूडहरुको सट्टामा कोदो र भट्मासबाट स्थानीय स्तरमै उपलब्ध हुने खाजाका परिकारहरु प्रयोग गर्ने विषयमा पालिका लगायत अन्य सरोकारवालाहरुले चासो देखाई रहेको अवस्था छ ।
बिगतमा गाउमा उत्पादित भट्मास नून संग साट्ने प्रचलन थियो अहिले प्रतिकलो भट्मास रु. ५० वा १ केजि. चामल संग स्थानीय स्तरमा साट्न पाएकामा यस क्षेत्रका कृष्किहरु खुशी भएका छन् । माकिा विकास र पालिकाले आफू कोभिडका १९ कारण घर फर्केर निकम्मा भएका बेला आफ्नो समयको सदुपयोग गरी आफ्नो परिवारको खाद्य सुरक्षामा सहयोग गरेकोमा खुशी व्यक्त गरेका छन् । आफू पुनः कामकोलागि बिदेश जानु पर्ने अवस्था सृजना भएपनि आफ्नो परिवारका अन्य सदस्यहरुले यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनीहले व्यक्त गरेका छन् । अझैपनि पालिका र मालिकाले यस्तै थप कार्यक्रमहरु संचालन गर्ने आशा व्यक्त गरेका छन् । मालिका विकास संघले सन् २०२१ को आफ्नो कार्यक्रममा उक्त अस्थाई संकलन डिपोहरुलाई स्थायी  कृषि उपज संकलन केन्द्रको रुपमा विकास गर्ने अवधारणा पालिका सामु अघिसारेको र पालिकाले पनि यस कार्यमा थप साझेदारी गर्ने ईक्षा व्यक्त गरेको छ । 
सूदूर पश्चिम प्रदेश र देशभर रहेका बेरोजगारी यूवाहरुलाई सामुहिक रुपमा यस प्रकारका कृषि कार्यमा संलग्न गराउन यस प्रकारको मोडेल नेपाल सरकारका स्थानीय निकायहरुले अवलम्बन गर्न सके केही हद सम्म यूवाहरु स्वरोजगार हुने कुरामा दुइमत नहोला ।