सामुदायिक अंक पत्रले विद्धालयमा ल्याएको परिवर्तन

सामुदायिक अंक पत्रले विद्धालयमा ल्याएको परिवर्तन

open data

१. सन्दर्भ/पुष्ठभुमि

साफेवगर नगरपालिका अन्तर्गत पर्ने ७ वटा माध्यिमक विद्धालय मध्ये वडा नं ३ मा अवस्थित प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक विधालय एक हो । पछिल्ला दिनहरुमा यस विद्धालयले जिल्लामा नै राम्रो नतिजा प्रदर्शन गरिरहेको छ । यस विद्यालयको सेवा क्षेत्र सोही वडामा रहेका १० वटा टोल हुन । विद्धालयमा १ देखि १२ सम्म पढाइ हुन्छ जम्मा ५८७ जना विधार्थिहरु अध्यन गर्दछन् । विद्धालय व्यवसायीक तथा प्राविधिक अन्तर्गत कृषि शिक्षा पढार्इ हुन्छ । विद्धालयमा जम्मा ३१ जना शिक्षक तथा कर्मचारी रहेका छन् । विद्धालयले विद्धालयको शैक्षिक गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेको छ ।

२. विशेष अवस्था/समस्या/कठिनाइ

विद्धालय प्रशासनवाट विद्धार्थीको नियमितताका लागि थुप्रै पहल प्रयास भएको छ । शिक्षक टोल टोलमा गर्इ परिक्षाफल सुनाउने विधार्थी नियमिततावारे जानकारी गर्ने टोल संयोजक बनार्इ सोहीवाट के छ विद्धार्थीको अवस्था बुझने जस्ता प्रयास भएका छन । विद्धालयले शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै प्रयास गरेको देखिन्छ तर विद्धालयमा विद्धार्थीको नियमित उपस्थति नहुदा अप्ठेरो परेको गुनासाहरु छन् । विद्धार्थीहरुवाट विद्धालय प्रअ नभएको दिन अन्य शिक्षकले प्राय कक्षामा विद्धार्थीले बोलाउदा पनि नआउने समस्या पार्इयो । शिक्षकले विद्धार्थीलार्इ गृहकार्य नै नदिने दिएको गृहकार्य पनि चेकजाच नगर्ने जस्ता यी थुप्रै समस्या हुदाँ पनि विद्धार्थीले शिक्षकको वारेमा वोल्न नसक्ने अवस्था वताए । विधालयसँग सम्बन्धित सरोकारवालाहरुले आफ्नो जिम्मेवारी वहन नगरेको कारण विधालयमा विधार्थिहरु हरेक दिन १ बजे पछि नै घर गईरहेका थिए । चिया चौतारामा शिक्षक अबिभावकका कुरा काट्ने तथा अबिभावक शिक्षकको कुरा काट्ने र विधार्थि शिक्षक, शिक्षक विधार्थिलाई दोषारोपण गर्ने मात्र भईरहेको थियो । तर सामुन्ने आएर कसैले कसैलाई नभन्ने गरेको थियो । सामुदायिक अंक पत्र आमने सामने वैठकका क्रममा विद्धार्थीले गरेको गुनासो अनुसार विद्धालयमा गुनासो राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने माग विद्धार्थीले गरे ।

३. कार्यान्वयन

सुशासन परियोजना अन्तर्गत सामाजिक जवाफदेहिताका औजारको प्रयोगका गरि शैक्षिक गुणस्तर सुधारका गर्ने सामुदायिक अंक पत्रका प्रयोग पनि सोही विद्धालयमा गर्ने निर्णय भयो । सामुदायिक अंक पत्र संचालनमा आयो । नगरपालिकासगको समन्वयमा सो कार्यक्रम उत्त विद्धालयमा संचालन गरिएको हो । सामुदायिक अंक पत्रको अभिमुखिकरण विधालयका स्रोत साधन आकलन, स्व मुल्याकन, कार्यसम्पादन मुल्यांकन, आम्नेसाम्ने वैठकवाट सयुक्त कार्ययोजना निर्माण भयो । आमने सामने वैठकवाट निर्माण गरिएको कार्ययोजना कार्यान्वयन गर्नका लागि एक अनुगमन समितिको समेत निर्माण गरियो । आमने सामने वैठकवाट पारित संयुत्त कार्ययोजना कार्यान्वयनका लागि सहभागि सबैले आ आफनो तर्फवाट प्रतिवद्धता जाहेर गरेका थिए । विद्धालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि आमने सामने वैठकवाट संयुत्त कार्ययोजनाको निर्माण अनुगमन समिति गठन जस्ताकामहरु भए ।

 

४. परिवर्तन/परिणाम

सामुदायिक अंक पत्र संयुत्त कार्ययोजना निर्माण प्रश्चात विधालयमा शैक्षिक गुणस्तर सुधारका लागि धेरै कुरा परिवर्तन आएको छ । यो कार्यक्रम नितान्तै नौलो भएको जसले विद्धालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुराएको विद्धालयका प्रअ श्री जोगराज कुवरले बताए । सामुदायिक अंक पत्र आमने सामने वैठकमा विद्धार्थीले गुनासो राख्नका लागि व्यवस्था नभएको विद्धार्थीले शिक्षकलाई भन्न नसक्ने बताएपछि गुनासो पेटीराख्ने विषय तत्काल सम्बोधन भएको छ । संयुत्त कार्ययोजना अनुरुप विद्धार्थीलार्इ पायक पर्ने गरि गुनासो पेटिका राख्ने कार्ययोजना बनेको थियो सो कुरा विद्धालयले तत्काल पुरा गरेको छ । दुइवटा कक्षालाइ पायक पर्ने गरि १ गुनासो पेटीका राखिएको छ । गुनासा सम्बोधनका लागि विद्धालय व्यवस्थापन समिति शिक्षक र विद्धार्थी प्रतिनिधि रहने गरि गुनासो व्यवस्थापन समिति समेत गठन गरिएको प्रअ श्री जोगराज कुवरले बताए । दैनिक गृहकार्य दिने र सबैका गृहकार्य चेकजाच गर्ने निर्णय भई गृहकार्य खाली समयमा चेकजाच गर्न थालिएको छ । नगरपालिकासँग समन्वय गरि अभिभावकहरुलाई जागरुक बनाउन टोल शिक्षा सुरुवात गरिएको छ ।

 

५. परिवर्तनलार्इ प्रमाणित गर्ने प्रमाण तथा आधारहरु

विधालय व्यवस्थापन समिति, शिक्षक, विधार्थि र अबिभावकहरु सबैले आ-आफनो मनमा लागेका कुराहरु राख्ने मौका पाइ संयुत्त रुपमा कार्ययोजना निर्माण । सो कार्यक्रम प्रश्चात शिक्षक नैतिक दवाव बढेको छ विद्धार्थीको नियमिततामा वृद्धि भएको छ । विधालयको सक्रियतामा १२ सदसिय टोल शिक्षा समिति गठन गरेका छन् । विधालयमा ७ वटा गुनासो पेटिका स्थापना राखेको छ । विधालयको पठनपाठनमा सुधार आएको छ । विधालयमा राखिएका गुनासो पेटीका, कार्ययोजना कार्यान्वयन गर्न विद्धालय व्यवस्थापन समिति प्रशासन र शिक्षकहरुले गरेका निर्णय तथा फोटोहरु।

 

६. दिगोपन/दोहोर्याउनलायक

विद्धालयले सामुदायिक अंक पत्र कार्यक्रमलाइ निरन्तर रुपमा हरेक वर्ष संचालन गर्दै जानु पर्ने । यस वर्ष सम्पन्न भएको सामुदायिक पत्रको पुनरावलोकन गरिनु पर्ने । कार्य योजना कार्यान्वयनका लागि महिनाको दुइ पटक कम्तिमा पनि नगर शिक्षा शाखा समेतको उपस्थतिमा समिक्षा वैठक बस्नु पर्ने । नगरपालिकाले सामुदायिक अंक पत्र कार्यक्रमलाइ अन्य विद्धालयमा समेत लागु गरि संस्थागत गरिनु पर्ने ।

७. निचोड/निष्कर्ष

सुशासन परियोजनाको सहयोगमा संचालन गरेको सामुदायिक अंक पत्र कार्यक्रम नगरपालिकासँगको समन्वयमा श्री प्रभाधम्कोट व्यवसायीक तथा प्राविधिक माविमा संचालन भयो जसका कारण विद्धायलमा सकारात्मक प्रभावहरु देखिएका छन । निरन्तर रुपमा सामुदायिक अंक पत्र संयुत्त कार्ययोजनाको पुनरावलोकन गर्न आवश्यक छ ।