देशभरका ७५३ वटा स्थानीय तह मध्ये  साफेबगर नगरपालिका  पहिलो

देशभरका ७५३ वटा स्थानीय तह मध्ये साफेबगर नगरपालिका पहिलो

3 March, 2018

open data

0 comments

  1. देशभरका ७५३ वटा स्थानीय तह मध्ये  साफेबगर नगरपालिका  पहिलो

Last updated Mar 3, 2018

 153

Share

टेकबहादुर थापा / अछाम , १९ फागुन  देशभरका ७५३ वटा स्थानीय तह मध्ये अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सुचना प्रविधि केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह भएको छ ।

डाटा प्रोटल तथा सुचना प्रबिधिको आज एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । नगर प्रमुख

कुल बहादुर कुवरको अध्यक्षतामा भएको उदघाट्न समारोहमा अछाम क्षेत्र नम्बर १ प्रदेश १ का सासंद हर्क बहादुर कुवर गोविन्द प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी कुवरले साफेबगर नगरपालिकामा सुचना प्रविधि केन्द्रको उद्घाटन मात्र नभई अछामका १० वटै तहमा यो सेवा विस्तार गर्नु पर्ने बताउनु भयो । आफुले आफ्नो प्रदेश भित्रका सबै वडाध्यक्ष संग छलफल गरीसकेको बताउदै अब चाडै सबै क्षेत्रमा विस्तार गर्ने तयारीमा रहेको बताउनु भयो ।

छिटो छरीतो, सुसासनका लागि प्रदेश ७ का सबै जिल्लामा विस्तार गर्नका प्रदेश सरकारमा आफुले प्रस्ताव समेत राख्ने जानकारी दिए । कार्यक्रमका बिशिष्ट अतिथी धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले २१ औं शताब्दिमा नेपालमा करीब ८० प्रतिसत भन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकाले त्यसैमा सुचना पाउने वातावरण मिलाउनको लागि सुचना प्रविधी केन्द्रको आश्यकता भएको बताउनु भयो ।

स्थानीय तहमा कृषीको, शिक्षाको, व्यापार, पर्यटन लगायत विकासको अवस्था बुझ््न डाटा संकलन गर्न आवश्यक रहेको बताए । यसमा सबै भन्दै बढी वडा अध्यक्षले अपनत्व लिनु पर्ने भन्दै १५ दिन भित्रै धनगढी उपमहानगरपालिकामा यो सेवा विस्तार हुने जनाएका थिए ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख कुल बहादुर कुवरले नगरका जनताको प्रविधिमा पहुच पुर्याउने मुख्य लक्ष्य भएकाले सुचना र प्रविधिलाई प्राथामिकतामा राखेर यो कार्यक्रम विस्तार गरीएको बताउनु भयो ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथी जिल्ला समन्वय समिती अछामका कार्यबाहक संयोजक टोप बहादुर रावलले सुचना प्रविधीको प्रयोग संगै देश परिवर्तन हुदै गएकाले नगरपालीकाले महान कार्य गरेको बताएका थिए । सुचना प्रबिधी संग बिश्व जोडिएकाले समय सगै परिवर्तन हुन सक्नु पर्ने बताउनु भयो ।

नगरपालिका भित्र भएका सबै नितिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने उनले बताए । मालिका विकास संघको आर्थिक सहयोगमा नगरमा सुचना प्रविधि केन्द्र स्थापना गरीएको कुवरले बताउनु भयो ।

जनप्रतिनिधि भइसकेपछी नगरपालिकाको कार्यालयमा सिसि क्यामरा जडान समेत गरीएको छ । म आफैं पनि विज्ञानको विद्यार्थी हुउनले भने , ‘त्यसैले रचनात्मक काम गर्न मन लाग्छ । अब बैद्यनाथ मन्दिरमा पनि सिसि क्यामरा जाड्ने तयारीमा छौं ।

काममा निरन्तरता दिएपछी गर्न सकिन्छ भन्ने प्रमाणीत गरेर देखाउने उनले दाबि गरेका छन । कार्यक्रममा अमरगढी नगरपालीका डडेल्धुराका नगरप्रमुख विपिन ओझा, जयपुथ्वी गाउपालिका बझागका प्रमुख विरेन्द्र खड्का, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, मष्टा गाउपालिका बझागका अध्यक्ष कर्ण कठायत, नवदुर्गा गाउपालिका डडेल्धुराका अध्यक्ष कबिन्द्र बिष्ट, लगायतको सहभागिता रहेको थियो ।

0 comments

Leave your comments