http://ejhajhalko.com/?p=15192

http://ejhajhalko.com/?p=15192

21 July, 2019

open data

0 comments

अछाम,साउन ५ गते ।
बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन कार्यक्रम सम्मन्न भएको छ । उक्त सुचना केन्द्रको उद्घाटन बान्नीगढी जयगढ गाउपालिका उपाध्यक्ष लोकेन्द्र बहादुर साउदले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि का रुपमा रहेका उपाध्यक्ष साउदले बान्नीगढी जयगढ गाउँपालिका शुसासन र पारदर्सिका लागी प्रतिबद्ध रहेको बताए । प्रत्यक नागरीकले स्थानिय तहले गरेका कामहरुको बारेमा जानकारी लिन पाउनु पर्ने नैसर्गिक अधिकार बाट कोही पनि बञ्चीत नहुनु पर्ने उपाध्यक्ष साउदले बताएका छन ।

सोहि वडाका वडा अध्यक्ष लाल कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेसी नेपालका सुसासन सल्लाहाकार बिनोद उपाध्याय बिशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमको सुरुमा मालिका बिकास संघका जिल्ला संयोजक रतन बहादुर रावलले सुचना केन्द्रको बारेमा जानकारी गराउदै लक्षीत बर्ग र पछाडी परेका जनताहरुले सुचना केन्द्रमा आएर स्थानिय सरकारले गरेका क्रियाकपलापहरुको बारेमा जानकारी लिन सकुन भन्ने उदेश्यको लागी सुचना केन्द्रको स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सुचना केन्द्रको स्थापना गरेर मात्र नभई दिगो, चलाएमान र नमुना बनाउन सक्नु पर्ने कुरामा जोड दिदै स्थानिय सरकारले बिशेष पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा मालिका बिकास संघ अछामका अध्याक्ष्य सुरत कुवर लगायत जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधि ,सघं संस्थाका प्रतिनिधी, शिक्षक अबिभावकहरुको सहभागीता रहेको थियो । वडा सदस्य दान बहादुर रावलको स्वागत मन्तव्य बाट सुरुभएको उक्त कार्यक्रमको सञ्चालन गाउँपालिका सुचना अधिकारी बसन्त बहादुर रावलले गर्नुभएको थियो ।

 

0 comments

Leave your comments