समुदाय स्तरीय शुसासन डाटा र्पाटल तथा बजेट अभिमुखिकरण कार्यक्रम शिद्धेश्वरमा सकियो http://www.radiojanapriya.org.np/news-details/1603/2019-09-14

समुदाय स्तरीय शुसासन डाटा र्पाटल तथा बजेट अभिमुखिकरण कार्यक्रम शिद्धेश्वरमा सकियो http://www.radiojanapriya.org.np/news-details/1603/2019-09-14

14 September, 2019

open data

0 comments

भाद्र २८ अछाम

     समुदाय स्तरीय शुसासन डाटा र्पाटल तथा बजेट अभिमुखिकरण कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका तथा मालिका विकास संघ नेपालको साँझेदारीमा संञ्चालित नेपालमा सार्वजनिक क्षेत्रको जवाफदेहिताका लागी प्रबिधिको दिगो प्रयोग (सुशासन) परीयोजना अन्र्तरगत समुदाय स्तरीय शुसासन डाटा र्पाटल तथा बजेट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

      वडा अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकासँग सम्बन्धित विभिन्न तथ्य, तथ्यांक एवं जानकारीहरु कसरी लिन सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष बुढाले अहिलेका युवायुवतिले ईन्टरनेटको सहि प्रयोग गर्नुपर्ने बताउनु भएको थियो । नगरपालिकामा भएका सबै गतिबिधी नगर प्रोफाईलमा भएको उल्लेख गर्दै वडा अध्यक्ष बुढाले नगरपालिकामा भएका गतिबिधीको बारेमा सबैलाई जानकारी हुन जरुरी रहेको बताउनु भएको थियो । तेस्को लागी नगरपालिकाको sanfebagar.susasan.org  मा गएर जानकारी लिन सबै वडाबासीलाई आग्रह समेत गर्नुभएको थियो ।

       अन्तरक्रिया कार्यक्रममा नेकपाका प्रतिनिधी नेत्र कुवँर, नेपालि काग्रेसका कृष्ण बहादुर कुवँर, राजपाका राजमति कुवँर, वडा सचिब धुर्व विक, वडा सदस्य पवित्रा कुवँर, सिता सुनार, महिला संञ्जालका अध्यक्ष जनक कुवँर लगाएतको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा मालिका विकास संघ कार्यक्रम जिल्ला संयोजक रतन रावल र फिल्ड संयोजक पुन्ना कुवँरले कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

      कार्यक्रम वडा नम्बर १ बैद्यनाथ, वडा नम्बर २ जाल्पादेवि, वडा नम्बर ३ शिद्धेश्वर, वडा नम्बर ५ नवाठाना, वडा नम्बर ६ भाग्यश्वर, वडा नम्बर ७ रिडिकोट र वडा नम्बर १० घुघुरकोट गरी ६ वटा वडा कार्यलयमा सम्पन्न भएको फिल्ड संयोजक कवँरले जानकारी दिनुभएको थियो ।

0 comments

Leave your comments