https://ramaroshantoday.com/pradesh-7/3430?fbclid
शुसासन र पारदर्सिका लागी प्रतिबद्ध रहेको छु : उपाध्यक्ष
साउद
सामुदायीक सुचना केन्द्र कालीकाको उद्घाटन
शंकर थापा साउन ५ अछाम
बान्नीगढी जयगढ गाउँपालिका
उपाध्यक्ष लोक बहादुर साउदले शुसासन र पारदर्सिका लागी प्रतिबद्ध रहेको बताउनुभएको
छ । प्रत्यक नागरीकले स्थानिय तहले गरेका कामहरुको बारेमा जानकारी लिन पाउनु पर्ने
नैसर्गिक अधिकार बाट कोही पनि बञ्चीत नहुनु पर्ने कुरामा जोड दिनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालीकामा सामुदायीक
सुचना केन्द्रको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
वडा अध्यक्ष्य लाल कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेसी नेपालका
सुसासन सल्लाहाकार बिनोद उपाध्याय बिशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमको सुरुमा मालिका बिकास संघका जिल्ला संयोजक रतन
बहादुर रावलले सुचना केन्द्रको बारेमा जानकारी गराउदै लक्षीत बर्ग र पछाडी परेका
जनताहरुले सुचना केन्द्रमा आएर स्थानिय सरकारले गरेका क्रियाकपलापहरुको बारेमा
जानकारी लिन सकुन भन्ने उदेश्यको लागी सुचना केन्द्रको स्थापना गरीको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले
सुचना केन्द्रको स्थापना गरेर मात्र नभई दिगो, चलाएमान र नमुना बनाउन
सक्नु पर्ने कुरामा जोड दिदै स्थानिय सरकारले बिशेष पहल गर्नु पर्ने कुरामा जोड
दिएका थिए ।
कार्यक्रममा मालिका बिकास संघ अछामका अध्याक्ष्य सुरत कुवर
लगायत जनप्रतिनिधी, राजनैतिक
दलका प्रतिनिधि ,सघं
संस्थाका प्रतिनिधी, शिक्षक
अबिभावकहरुको सहभागीता रहेको थियो ।
वडा सदस्य दान बहादुर
रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन गाउँपालिका सुचना अधिकारी
बसन्त बहादुर रावलले गर्नुभएको थियो ।
0 comments