सूचना प्रविधिमा साँफेबगर नगरपालिका अघि बढ्दै

सूचना प्रविधिमा साँफेबगर नगरपालिका अघि बढ्दै

2 March, 2019

open data

0 comments

कालु बोहरा
फागुन १८, अछाम
              खुल्ला तथ्यांक खुल्ला सरकार,, लोकतन्त्रको बलियो आधार,, भन्ने नाराका साथ ८ आँै अन्तराष्ट्रिय खुल्ला तथ्यांक दिवस साँफेबगर नगरपालिकाले पनि मनाईएको छ । सोहि  अवसरमा साँफेबगर नगरपालिकामा गुनासो ब्यवस्थापन प्रणालीको उद्वघाटन गरिएको छ ।

              उद्घाटन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवरले सूचना प्रविधिमा जनतालाई प्रत्यक्ष रुपमा जोड्ने काम प्रशंसनिय भएको उल्लेख गर्नुभयो । सूचना प्रविधि मार्फत जनताले आफ्ना गुनासा समस्या र सुझाव दिन सक्ने भएकाले उक्त प्रविधि प्रभावकारी भएको बताउनु भयो । 
          नगर प्रमुख कुल बहादुर कुँवरले नगरपालिकाका १४ वटै वडालाई जोड्दै गुनासा, समस्या र सुझावलाई शिरोधार्य गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले नगरका १४ वटै वडामा सूचना प्रविधिलाई जनतासँग जोड्न ईन्टरनेट जोड्ने बताउनु भयो ।  
             जनतालाई नगरपालिकाका सूचना गतिविधिको जानकारी तथा जनताका गुनासा छिटो छरितो सम्वोधन गर्ने उद्वेश्यले गुनासो व्यवस्थापन प्रणालीको उद्घघाटन गरिएको सुचना तथा प्रविधी अधिकृत कविता कुँवरले जानकारी दिनु भयो । गुनासो सुनुवाईका लागि एनसेल नं  ९८०११४६३०२ नम्वरमा डायल पछी मोवाईलले वोल्ने संकेतका आधारमा कोड नं १० थिचेर गुनासोका लागि १, जानकारीको लागि २, र सुझावका लागि ३ थिच्नु पर्ने सूचना प्रविधि अधिकृत कुँवर बताउनु भयो । 
             गुनासो सुनुवाई प्रणाली देश भरका ७५३ स्थानिय तह मध्ये अछामको साँफेबगर नगरपालिका लगायत १२ स्थानिय तहले मात्र प्रविधिको प्रयोग गर्ने गरेको सुचना प्रविधी अधिकृत कुँवर जानकारी दिनु भयो ।             नगर प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख विर्मला बुडथापा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, नेकपाका नेता शिलोज कुँवर, नेपाली काँग्रेसका गोकुल भाट, निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा लगायतले बोल्नु भएको थियो ।

0 comments

Leave your comments