सुचना प्रविधिसँग जोडियो चण्डिका

सुचना प्रविधिसँग जोडियो चण्डिका

4 December, 2018

open data

0 comments

पुजा रावल मंसिर १८, अछाम

          साँफेबगर नगरपालिका वडा नं ८ चण्डिकामा सामुदायीक सुचना प्रविधि केन्द्रको उद्धघाटन गरिएको छ । अछामको चण्डिका सुचना प्रविधि केन्द्रसँग जोडिने पहिलो वडा बनेको छ । साँफेबगर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टंक कुवँरको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख बिर्मला बुडथापा रहनु भएको थियो । कार्वाहक प्रमुख बुडथापाले सुचनाको प्रयोगबाट सर्वसाधारणले पनि आफनै घरमा बसेर वडामा भएका सम्पूर्ण गतिबिधि सुचना प्रविधिको प्रयोगबाट थाहा पाउन सक्ने बताउनुभयो ।

          कार्यक्रममा बयालपाट अस्पतालका डाक्टर बिकास गौचन, मालिका विकास संघका अध्यक्ष केशव रावल, वडा नं. ३ का अध्यक्ष कृष्ण बुढा, वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर खड्का, वडा नं.११ का अध्यक्ष गणेश खड््का र वडा नं.१२ का अध्यक्ष प्रकाश राना, वडा नं. १३ का अध्यक्ष सागर बाब्ली, कार्यपालिका सदस्य सुरत भुल, जित बहादुर निसानी, नेकपाका नेता केशर मिया, नेपाली काँग्रेसका अर्जुन ताम्राकार, मालिका विकास संघका रतन रावल लगाएतको सहभागिता रहेको थियो । सामुदायीक सुचना प्रविधि केन्द्र मालिका विकास संघको प्राविधिक सहयोगमा जडान गरिएको थियो ।

0 comments

Leave your comments